पोखरामा लागूऔषधसहित सुजन प्रकाउ
पाेखरा | माघ ११, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई प्रकाउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका १७ शितलपथ स्थित चेकजाँच गर्ने क्रममा पोखरा महानगर २० स्थायी घर भई पोखरा १७ शितलपथ बस्ने बस्ने २२ वर्षीय सुजन गुरुङलाई प्रकाउ गरेको हो ।

प्रहरीले गुरुङको घरको कोठाबाट डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २९० एम्पुल लागूऔषध बरामत गरेको हो ।
प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्की लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

